पोष्टपाटीका सम्पादक चन्दलाई सल्यानमा अभिनन्दन


माघ ३, सल्यान । पोष्टपाटी डटकमका प्रधान सम्पादक गोपाल चन्दलाई सल्यानमा अभिनन्दन गरिएको छ । क्रान्तिकारी पत्रकार संगठन नेपाल सल्यानले आजै एक कार्यक्रम बीच अभिनन्दन गरेको हो ।

सदरमुकाम खलंगामा अायोजित कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, केन्द्रिय महासचिव हिम बिष्ट, भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक टिका केसि, राप्ती लुम्बिनी समन्वय समिति संयोजक दिपेशको उपस्थिति रहेको छ ।

मंसिर ११ गते प्रहरी द्वारा गिरफ्तार भएका सम्पादक चन्दलाई काठमाडौं जिल्ला अदालतले मङ्सिर २८ गते रिहा गरेको थियो ।

खलंगामा भैरहेको अन्तरकृया कार्यक्रममा जिल्ला स्थित पत्रकारहरु, मानवअधिकारकर्मी, कानुन व्यवसायी, वकिल, बुद्धिजीवी, लेखापढी, प्रध्यापकहरुको उपस्थिति रहेको छ । अन्तरक्रिया कार्यक्रम जारि छ ।

 

२०७५ माघ ३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको