बागलुङ बस दुर्घटना: मृत्यु हुनेको संख्या ७ पुग्यो


माघ ३, बागलुङ । बागलुङ र पर्वतको सिमाना मालढुङगा नजिकै बिहीबार बिहान भएको बस दुर्घट भएको छ । उक्त घटनामापरि मृत्यु हुनेको संख्या सात पुगेको छ।

म्याग्दीको बेनी बजारबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै भएको थियो। अन्य चारजनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको अन्नपुर्ण पोष्टमा खबर छ।

घटनास्थलमै मृत्यु हुनेमा म्याग्दी पाखापानी २ का वर्ष २१ का राजेश पुन, पर्वत जलजला गाउँपालिका ७ का ३२ वर्षीया विषमाया पुनको मृत्यु भएको छ भने एक पुरुषको सनाखत हुन नसकेको बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए।

धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा भने पर्वत जलजला गाउँपालिका ८ का ५० वर्षीय टिका परियार, उनकी श्रीमती ४० वर्षीया सेती परियार, बागलुङ नगरपालिका ४ कुडुलेकी ४८ वर्षीया शान्ति केसी रहेका छन्। मृतक एक पुरुषको सनाखत हुन बाँकी छ।

घाइतेमध्ये चार जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ। गम्भीर घाइतेमध्ये हेलिकप्टरमार्फत् एक जनालाई पोखरा र दुई जनालाई काठमाडौं पठाइएको छ।

अरु चार जनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाउने तयारी छ। गम्भीर घाइते भएका मध्ये २३ जनालाई भने सवारी साधनमार्फत् अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले जानकारी दिए।

बस सडकबाट करिब १ सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ।

३ माघ २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको