रोल्पा माघीमय: सुनछहरी यसरि झुम्यो जैमाकसला माघी मेलामा


चोम बिष्ट/माघ ३, रोल्पा । मगर संस्कृति संरक्षण समिति तथा नेपाल मगर संघ सुनछहरी गाउँपालिका ५ जैमाकसलाको आयोजनामा बुधबार माघी मेला कार्यक्रमको उदघाटन भएको छ ।

सुनछहरीको जैमाकसला गाढबाङमा ४ दिन सम्म हुने माघी मेलाको उद्घाटन कार्यक्रमको सभापति समितीका अध्यक्ष धन बहादुर घर्ति रहेका थिए भने कार्यक्रमको प्रमुख अथितिमा सुनछहरी गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर पुन रहेका थिए ।

अथितिहरुमा नेकपा सुनछहरीका मनोज बिक, वडा सदस्य रिम बहादुर पुन, वडा सदस्य समित्रा बिक, बिमल पुन, नमुना माबी कसला बिधालय व्यवस्थापन समिति अध्यक्ष जीवन पुन, रेडक्रस उपशाखा सचीव पोबाङ खिम सागर बिष्ट, उमेश पुन, प्रहरी सायक निरीक्षक केशव घर्ती मगर, स्मारिका युवा समुह अध्यक्ष भान बहादुर पुन रहेका थिए ।

जंग मगरले संचालन गरेको कार्यक्रमको व्यानर उद्घाटन संगै तारा हान्ने खेल उद्घाटन प्रमुख अथिती पुनबाट भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य बाराम पुनले गरेका थिए ।

अतिथिहरुले मन्तव्यद्वारा माघी पर्वको महत्व र विशेषता बारे उल्लेख गरेका थिए ।

कार्यक्रममा स्थानियहरुले आफ्नो संस्कृति र पहिचान झल्काउने झाकी, मयुर नाच, सारङी नाच, भुमी नाच र मौलिक बाजागाजा सहितको उपस्तिथि भएका थिए । माघी मेलामा आ-आफ्नो भेषभुसामा सजिएर सहभागी भएका थिए ।

कार्यक्रममा विभिन्न खेलकुदहरु हुनेछन र यो माघी मेला कार्यक्रम ४ गतेसम्म चल्ने आयोजकले बताएकोछ।

२०७५ माघ ३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको