माघ ३, रोल्पा । रोल्पा त्रिवेणी गाउँपालिका ४ स्थित श्री जनकल्याण मावि सिमपानीको बिद्यालय ब्यबस्थापन समिति बिषयक विवाद टुङ्गो लाउन लिखित सहमति भएको छ ।
बुधबार माघ ३ गते गाउँपालिका अध्यक्ष सान्त वलीको रोबरमा र अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा दुवै पक्ष बीच बैठकबसी बिव्यस गठन सम्बन्धि त्रिवेणी गाउँ शिक्षा ऐन र शिक्षा नियमावली २०७४ को परिधिभित्र रही हलगर्ने लिखित सहमति भएको छ ।
बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष चुन्ने बिषयमा पनि त्रिवेणी गाउँ शिक्षा ऐन र शिक्षा नियमावली २०७४ अनुसार एक हप्ता भित्र टुङ्गोमा लगाउने सहमति भएको छ, भने पक्ष र विपक्ष बीच आरोप प्रत्यारोपहरु बन्दगरि मैत्रीपूर्ण सहमतिमा जाने निर्णय समेत भएको छ ।
उक्त बिब्यस सम्बन्धि विवाद गत आइतबार पुस २९ गते देखि चर्किएको थियो । दुवै पक्षबीच सहमति हुन नसकेपछि बिब्यस अध्यक्ष बिरुद्द स्थानीय अभिभावकहरु तालाबन्दी, पत्रकार सम्मेलन, शान्तिपूर्ण कोणसभा, भेला कार्यक्रमहरु गर्दै निरन्तर बिरोध स्वरूप आन्दोलनमा उत्रिएका थिए ।
हेर्नुहोस सहमति पत्र:
सम्बन्धित समाचारहरु हेर्नुहोस
रोल्पामा जनप्रतिनिधिको कार्यलयमा स्थानीयले ताला लगाए (भिडियो हेर्नुहोस)
त्रिवेणीमा बिद्यालय ब्यबस्थापन समिति खारेज गर्न संगर्ष समिति बन्यो [बिज्ञप्ति सहित]
प्रतिक्रिया दिनुहोस