पत्रकार घिमिरे रिहा


मङ्सिर ३०, पोखरा । पाेखराका पत्रकार राजकुमार घिमिरे सोमबार रिहाइ भएका छन् । उनि जिल्ला प्रशासन कार्यालय कास्कीमा एक हजार धराैटी राखेर हिरासतमुक्त भएका हुन् ।

उच्च अदालत पाेखराकाे आदेशपछि मङ्सिर ८ गते छुटेका पत्रकार घिमिरे आफ्नाे समान लिन वडा प्रहरी कार्यालय बैदाम पाेखरा गएको बखत प्रहरीले फेरि गिरफ्तार गरेर वडा प्रहरी कार्यालय रामबजार पाेखरामा राखेकाे थियाे ।

रामबजार प्रहरीले उनलाई प्रहरीमाथि अभद्र व्यवहार गरेकाे भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा सार्वजनिक अपराध मुद्दा दर्ता गरेकाे थियाे ।

साे मुद्दामा प्रशासनले उनलाई धराैटीमा छाड्न आदेश दिएकाे थियाे । पत्रकार घिमिरेलाई नेपाल पत्रकार महासंघको केन्द्रिय टोलि पोखरा आउँदा रिहाईका लागि पहलकदमी लिएका थिए ।

पत्रकार घिमिरेलाई पहिलाेपटक गएकाे मङ्सिर १ गते यातायात कार्यालय गण्डकी लाइसेन्स शाखा, विराैटा पाेखराबाट पक्राउ गरेकाे थियाे ।

३० मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको