रोल्पामा अब मोबाइल तथा इलेक्ट्रीकल सामान किस्तामै पाईने, यस्तो छ प्रक्रिया


असोज २९, रोल्पा । ग्लोबल आइएमई बैकं लिबाङ र समिप मोबाइल तथा इलेक्ट्रोनिक सेन्टर लिबाङविच Easy Buy Easy Pay को लागि रोल्पामै पहिलोपटक मोबाइल, ल्यापटप, क्यामेरा, टि.भि तथा इलेक्ट्रीकल सामानहरु खरिद गर्न सकिने गरि संझौता भएको छ ।

Easy Buy Easy Pay अन्र्तगत उक्त सामग्री खरिदमा कुनै पनि अग्रीम भुक्तानि शुल्क, धितो तथा व्याज लाग्ने छैन । १५ हजार देखि २ लाख सम्मको सामग्री खरिद गर्न सकिने र उक्त रकम सबै एकैपटक भुक्तानि गर्नु नपर्ने भई मासिक शुन्य प्रतिसत व्याज र किस्तावन्दिमा उपलब्ध हुने र किस्तावन्दि ६ महिने, १२, महिने तथा १८ महिने ग्राहकको रोजाइमा नै बनाउन पाइने समिप मोबाइलका प्रोपराइटर संगम रोकामगरले बताउनुभयो ।

सामान खरिदको लागि ग्राहक ग्लोबल आइएमई बैकंको क्रेडिट कार्ड प्रयोगकर्ता भने अनिवार्य हुनु पर्नेछ । यसभन्दा अगाडि पनि कार्ड प्रयोग गरिसकेका प्रयोगकर्ताको लागि यो मान्य रहनेछ भने अन्यको लागि भने क्रेडिट कार्ड आवेदन दिनु पर्नेछ ।

क्रेडिट कार्ड तथा Easy Buy Easy Pay को लागि भने बैकंको आवश्यक मापदण्ड तथा शर्तहरु रहेको र उक्त शर्त भित्र प्रयोगकर्ता परेमा कार्ड उपलब्ध गराउन सकिने ग्लोबल आइएमई बैक लिबाङ शाखाका शाखा प्रबन्धक प्रविण आचार्यले बताउनुभयो । यससंगै मोबाइल तथा अन्य सामग्री खरिदको लागि ग्राहकलाई सजिलो हुने भएको छ ।

यो सेवा रोल्पामै पहिलोपटक सुचारु गरिएको भएपनि अन्य केही जिल्लामा ग्लोबल आइएमई बैकंले यो सेवा दिदै आइरहेको थियो । स्मरण रहोस ग्लोबल आइएमई बैकं लिबाङ शाखाले लिबाङ तथा घर्तिगाउका विभिन्न पसल, होटल तथा रेष्टुरेन्टहरुमा QR Payment पनि उपलब्ध गराएको छ जहाँ मोबाइल बैकिंग सेवाबाट नै रकम भुक्तानि गर्न सकिनेछ ।

साथै सातदोबाटो स्थित लिला इन होटल प्रालिमा Pos Machine उपलब्ध गराएको छ भने समिप मोबाइलमै केही समयमा नै उपलब्ध गराउने प्रबन्धक आचार्यले जानकारि दिनुभयो ।

पछिल्लो समय ग्लोबल आइएमई बैकं लिबाङ शाखाले पहिलो पटक नया नया प्रबिधि मार्फत लिबाङ र घर्तिगाउलाई प्रविधिमय बनाएको र सबै खुशि रहेको समिप मोबाइलका प्रोपराइटर रोका र घर्तिगाउ बजार व्यवस्थापन समितिका अध्यक्ष कमल घर्तिमगरले बताउनु भयो ।

२९ आश्विन २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको