को हुन शनि बिश्वकर्मा ? जो पहिलो लोकस्टार बन्ने होडमा छन् !


केबी गुरुङ । भौगोलिक विकटता, पिछडिएको समुदाय त्यसमाथि युद्दले अँचेटेको त्यो बिकट गाउँ रोल्पाबाट एउटा कलिलो ठिटो लोकस्टार बन्ने बाटोमा दौडीरहेका छन । आधुनिकताको कभरमा पश्चिमा संस्कार र संस्कृतिले हरण गरेको हाम्रो मौलिक संस्कार र संस्कृतिलाई बचाउन स्थानीय ‘साईली बरै’ गीतलाई काँधमा बोकेर केवल १७ बर्षे ठिटो नेपाल लोक स्टार मन्चको फाइनलमा पुगेका छन्, शनि विश्वकर्मा ।

मोर्डन गित संगीतमा पनि उत्तिकै राम्रो दख्खल राख्ने खुबी भएका शनि बिश्वकर्मा यतिखेर लोक गितको बादशाह बन्ने होडमा छन् ।

नव युगका अल्लारे ठिटोहरु आधुनिक रक-पपमा रमाईरहेको बेला बिकट गाउँमा जन्मिएको ठिटो शनि बिश्वकर्मा मौलिक लोक गीतमा प्रवेश गर्नुको कारण आफु जन्मिएको ‘माटो’लाई मान्छन । उनि माटो प्रति बफादार छन्, माटोमै हुर्किएको मौलिक संस्कृतिको एक असल पहरेदारको रुपमा शनिले आफुलाई उभ्याएका छन् ।

उनको चर्चा देश र विदेश भरि छ । अझै भन्दा… युद्दको चिनारी बोकेको रोल्पामा शनिको अदभुत प्रतिभाले बिशेष महत्व राखेको छ । नेपालको पहिलो लोक स्टार बन्ने दाबेदारको रुपमा हेरिएको छ ।

सानै देखि भद्र स्वभावका शनि लोक संगीतको नक्षेत्रका एक भद्र अनि शालीन र बहु-प्रतिभाशाली युवा हुन् ।

जब उनका बाल्यकालमा चेतहरु भद्र अनि शालीन भएर खुल्दै थिए, तब उनि आफु जन्मिएको बनपाखामा गाई ग्वाला (गोठालो) गरिरहेका थिए । उनको साथमा केहिथान गाईहरु थिए, केहि थान भेडा बाख्रा थिए, अनि उनको साथमा एक थान बासुरी र मादल पनि थियो ।

अझै भनौ, जिबनको गोरेटोमा गित संगीतले उनको हृदयमा एक सारथिको रुपमा सहयात्रा गरिरहेको थियो ।

बाँसुरीको धुन निकाल्न र मादलको ताल दिन उनलाई गाउँको माटोले सिकायो । शनिले बाँसुरी र मादल पनि बजाउने सामर्थ्य बालापनमै सिके।

शनि बनपाखामा हिड्दा डुल्दा वा गोठालो जाँदा गित गुङ्गुनाउथे । सायद अदृश्य त्यो भगवानले उनलाई मखमली स्वर दिएछन क्यारे, त्यहि मखमली आवाज उन्कालागी अहिले बरदान भएको छ ।

उनले ७ कक्षामा पढ्दा गाउँको दशैँ मेलामा पहिलोपटक स्टेजमा चढेर गित गाएका थिए, जतिबेला उनि ११ वर्षका थिए । स्थानीय माडी युवा जलजला क्लव रोल्पाको आयोजनामा भएको कार्यक्रममा उदय सोताङ्ग र मनिला सोताङ्गको गित ‘आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो’ आधुनिक गित गाएका थिए । उनले पहिलो पटक स्टेजमा चढेर यो गित गाएका थिए ।

उनको त्यो प्रस्तुतिले धेरैबाट स्याबास बटुले । गाउँघर र मेला भरि उनको प्रतिभाको कुरा चल्यो । त्यसैले शनिलाई गायन यात्रामा थप हौसल्ला मिल्यो ।

गाउँको दशैँ मेलामा उनले दिएको प्रस्तुतिका कारण दोश्रो पटक माडीचौरको ठुलै माघी मेलामा अतिथि कलाकारको रुपमा निम्तो पाए । त्यहाँ उनले लोक गायक रामजी खाण्डको लोक गित ‘भोटमा बस्ने भोटेनी हजुर’ प्रस्तुत गरे । संगै अन्य आधुनिक गीतहरु पनि प्रस्तुत गरे ।

यसरि महोत्सब तथा मेलाहरुमा गाउदै गर्दा उनका शुभचिन्तकहरुबाट सांगीतिक यात्रामा लाग्नुपर्छ भन्ने थप प्रेरणा मिलिरह्यो । उनको संगीत प्रतिको भद्र लगावले झनै बहुमुखी गायन कलामा निखार आउदै गयो ।

लिबांगमा रहेको रेडियो जलजलाले आफ्नो बार्षिक उत्सब मनाउन ‘जलजला तारा’ प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा टप १० भित्र परे । अर्को राप्ति आइडल गायन प्रतियोगितामा पनि भाग लिने अवसर मिल्यो । उनि उक्त प्रतियोगितामा दोश्रो भए ।

रोल्पामा म्युजिक क्लास नभएको कारण संगीत सिक्ने उनको चाहाना त्यसै थाँती रह्यो । तर उनका लागि गाउँघरमा हुने मेला, पर्व, महोत्सबहरु, अनि जिल्ला र अञ्चल स्तरीय प्रतियोगिताहरु म्युजिक पाठशाला बने । जुन पाठशालाहरुले आज नेपाल लोक स्टारको गोल्डेन स्टार हुँदै फाइनल सम्म पुर्याएको छ ।

दुई छोरा र एक छोरी सन्तान मध्यका कान्छा छोरा हुन् शनि बिश्वकर्मा । २०५८ सालमा जन्मिएका शनिले गाउँमै रहेको श्री नेपाल राष्ट्रिय निमाबि जंकोटमा कक्षा १ देखि ८ सम्म अध्यन गरे । माध्यामिक तहको पढाइ भने सदरमुकाम लिबांगमा रहेको बाल कल्याण नमुना माबिमा अध्यन गरे । त्यसपछि १२ कक्षा सम्म पढ्न दाङ्ग घोराहीमा रहेको माउण्ट इङ्ग्लिश बोर्डिंग स्कुलमा अध्ययन गरे ।

भटमास संग चामल साट्दै शनिलाई हुर्काएका आमाबाबा अहिलेपनि गाउँमै खेति किसान गरेर बस्छन । दुखले हुर्काएको छोरो नेपालको पहिलो लोक स्टार भएको हेर्ने उनीहरुको ठुलो धोको छ । शनिको जित भने अब भोटमा निर्भर रहेको छ ।

हिजो युद्दको चिनारी बोकेको रोल्पाले आज संगीतको चिनारी पनि कोर्दै छ । शनि बिश्वकर्माको बहुप्रतीभाले यतिबेला देश-बिदेशमा चर्चा बटुलेको छ । तर अब उनले नेपालको पहिलो लोकस्टार बन्न जित्नै पर्ने हुन्छ ।

भोटिङ लाइन सोमबार दिउँसो १२ बजे देखि खुल्ला गरिएको छ । कात्तिक ८ गते दिउसो १२ बजेसम्म भोट गर्न सकिनेछ । नेपालमा रहेका मोबाइल प्रयोगकर्ताहरुले L टाइप गरि एक स्पेश दिएर २४ (L 24) लेखि ३७००० मा पठाउन सकिनेछ ।

भारतमा रहनेहरुले L टाइप गरि एक स्पेश दिएर २४ लेखि (L 24) ५३०१० मा मेसेज पठाएर भोट गर्न सकिनेछ । त्यसैगरी कतारमा रहने नेपालीहरुले L टाइप गरि एक स्पेश दिएर २४ लेखि (L 24) ९२३०० मा पठाउन सकिनेछ ।

आउनुहोस शनिको बहुआयामिक प्रतिभालाई कदर गर्दै भोट गरौ । शनिको होइन संगीतको जित हुनेछ ।

२९ आश्विन २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको