गायक राजेश पायल राईको घरमा आगलागी


भदौ ३०, काठमान्डौ । चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । काठमान्डौको बानेश्वरको शान्तिनगरमा रहेको राईको सिटिंग रुममा सोमबार आगलागी भएको थियो । इलेक्ट्रिक सर्ट भएपछि आगलागी भएको उनका भाई नबिन राईले बताएका छन् ।

एक्कासि आगलागी भएपछी छरछिमेकीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट मानवीय क्षेती नभएको तर आगलागीबाट घरमा रहेका विभिन्न सामान जलेर नष्ट भएको छ । बिशेषगरि गायक राजेश पायल राईले सांगीतिक यात्रामा हाँसिल गरेका विभिन्न अवार्डहरु, मायाको चिनो, सम्मानपत्रहरु जलेर नष्ट भएका छन् ।

राजेश पायल राई भने यतिबेला कार्यक्रमकै शिलशिलामा युकेमा छन् । आमा बाबा पनि राजेश पायल राई संगै युकेमा छन् । आगलागी भएको थाहापाएपछि आयोजक संग अझै दुई महिनाको लागि कार्यक्रमको सम्झौता भएको हुँदा तत्काल आउन नसक्ने बताएका छन् । आगो नियन्त्रणको भूमिका खेल्ने छिमेकी, नेपाल प्रहरी, दमकल परिवार प्रति आभार व्यक्त गरेका छन् ।

आफ्नो सामाजिक संजाल फेसबुक मार्फत भनेका छन् “अवार्ड जले होलान तर तपाईहरुले दिएको आशिर्बाद, माया र सुजाव नजलोस, म सदा तपाईहरु कै काखमा लुट्पुटिने मान्छे” !

हेर्नुहोस उनको स्टाटस जस्ताको त्यस्तै:

यो घडिमा अहिलै घरमा आउन सकिन,सक्दिन पनि ,म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै २ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परी स्थिती मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवार प्रती !! यहाँ बाटै हार्दिक नमन ..एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब नजलोस .. म सदा तपाइहरु कै काखमा लुट्पुटिने माम्छे

३० भाद्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको