चर्को शुल्क असुल्ने सिटिइभिटिलाई अनेरास्ववियु (क्रान्तिकारी)ले दियो कारबाही गर्ने चेतावनी


भदौ ३०, भक्तपुर । प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि), सानोठिमी भक्तपुरले मापदण्ड बिपरित बिद्यार्थीहरुबाट शुल्क असुलेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) सिटिइभिटि क्षेत्रीय समन्वय समितिले आफ्नो ध्यानाकार्षण भएको जनाएको छ ।

संयोजक सुनिल बन्जाडेले प्रेस बिज्ञप्तिजारि गर्दै सिटिइभिटि भ्रष्ट मानसिकताले शैक्षिक माफियाको केन्द्र बिन्दु भएको आरोप लगाएका छन् । पछिल्लो बर्षहरुमा शैक्षिक सत्रको सुरुवात संगसंगै मनोमानी ढंगले मापदण्ड बिपरित शुल्क बृद्दिगरि आमगरिबका छोराछोरीहरुलाई दिनदाहडै लुट्दा समेत सिटिइभिटिको प्रसासन निरिह र निकम्मा बन्नुले गम्भीर बनाएको बिज्ञप्तिमा उल्लेख छ ।

देशैभरीका सिटिइभिटिलाई चेतावनी दिंदै सिटिइभिटिमा अध्यन गर्ने बिध्यर्थिहरुबाट मापदण्ड बिपरित असुलेको शुल्क फिर्ता गराउन संगठनले ध्यानाकर्षण गराएको छ । अन्यथा भ्रष्ट शैक्षिक माफियाहरुलाई बडार्ने चेतावनी समेत दिइएको छ ।

प्रतिबन्धको बिचमा पनि सिटिइभिटिको सदस्य सचिव पुष्परमण वाग्लेलाई आजै (सोमबार) ज्ञापनपत्र बुझाएको बन्जाडेले बताए ।

हेर्नुहोस बिज्ञप्ति:

३० भाद्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको