रोल्पामा बिद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु, १३ जना घाइते


साउन ३१, रोल्पा । रोल्पामा बिद्यार्थी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

रुन्टीगढी ५ सैवाङमा रहेको सनराइज वोर्डीङ स्कुलको लु १ ज १२६७ नम्बरको जिप विधार्थी लिएर फर्कने क्रममा शुक्रबार रुन्टीगढी गाउँपालिका २ को दारेढुङ्मा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको हो भने १३ जना घाइते भएका हुन् ।

दुर्घटनामा रुन्टीगढी २ की ६ वर्षीया बालिका सञ्जीता बस्नेतको घटना स्थलमै मुत्युभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
अन्य १३ जना घाइते विद्यार्थीहरुको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भैरहेको प्रहरीले बताएको छ । उकालोमा व्याक हुँदा सडकभन्दा करिब ५० मिटर तल खसेको स्थानीयले बताएका छन् ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको र चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

३१ श्रावण २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको