चितवन प्रहरी कार्यालयमा ढुंगामुढा: ५ प्रहरी घाइते, १० सेल अश्रुग्यास प्रहार


साउन ३१, काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा भएको छ ।

प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको एसपी मल्लले जानकारी दिए । रवी लामिछानेका समर्थकले पाल टाँगेर प्रहरी कार्यालय अगाडि बस्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई हटाउनका लागि बल प्रयोग गर्दा झडप भएको हो ।

झडपका क्रममा प्रदर्शनकारीतर्फ भएको मानवीय क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन । साँझसम्म रवी लामिछानेका समर्थकहरुले जिप्रका नछाडेपछि अश्रुग्यास प्रहार गरिएको बताइएको छ । उनका समर्थकले दिनभरजसो जिप्रका अगाडि नाराबाजीसहित प्रदर्शन गरी तोडफोडको प्रयास समेत गरेका थिए ।

रवि लामिछानेसहित तीन जनालाई  पाँच दिन हिरासतमा राख्न अनुमति 

चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरेको हो । उनीहरु सबैलाई पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराइएको थियो ।

३१ श्रावण २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको