दाङको हुलाकी राजमार्ग किन पर्‍यो चिरा–चिरा ?


असार ३१, दाङ । दाङको लमही–कोइलावास हुलाकी राजमार्ग अन्तगर्त पहाडी क्षेत्रमा बनेको कालोपत्रे सडक चिरा चिरा परेर भत्किएको छ ।

७६ करोडको लगातमा विगत दुई वर्ष देखि निर्माण कार्य भैरहेको पहाडी क्षेत्रको उक्त सडक वर्षाको पानी थेग्न नसकेर चिरा चिरा हुनेगरी भत्किन पुगेको हो ।

सडकको घारी आधा मिटरको मात्रै साँघुरो नाला बनाइएको छ । कालोपत्रे ७ मिटरको छ । तर, सडकको दुवै किनारमा २÷२ मिटरको ग्राभेल छ । आधा मिटर चौडाको नाला र पिचको दुवै किनारमा भएको ग्राभेल नै वर्षातको पानीले सडक विगार्नुको प्रमुख कारण बन्न पुग्यो ।

जसबाट वर्षाको पानी निकास हुन सकेन । नालाले पानी थेग्न नसक्दा कालोपत्रे सडक खनेर पानी बगेको स्थानीयले बताएका छन् ।

भारत सरकारको लगानीमा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग हुलाकी राजमार्ग आयोजनाबाट लमही–कोइलावास सडक कालोपत्रे भैरहेको हो ।

लमही देखी कोइलावास सम्म ३३ किलोमिटरको दूरी छ । जस मध्य १५ किलोमटर सडक कालोपत्रे भैसकेको छ । बाँकी सडक क्षेत्रमा पिचको तयारी चल्दै थियो तर वर्षा सुरु भएपछि सडक निर्माणको काम रोकिएको छ ।

पहाडी क्षेत्रमा हुलाकी सडकको डिजाईन गलत हुँदा ठूलो आर्थिक नोक्सानी हुन पुगेको आरोप बेलाबेलमा लाग्ने गरेको छ ।

यता निर्माण कम्पनी कालीका कुमार जेभीले वर्षाको पानीले कालोपत्रे गरिएको र निर्माणाधिन सडकमा ठूलो क्षति र्पुयाएको बताएको छ । झण्डै दुई करोडको आर्थिक नोक्सानी भएको छ । ठूलीचौर देखी कोठरी सम्मको चार किलोमिटरको दूरीमा ठूलो क्षती भएको छ ।

३१ असार २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको