‘रोल्पाली नेताहरु सिंहदरबारमा, जुनताराहरु झ्याउलीमा’ [भिडियो]


जेष्ठ ०२, रोल्पा । त्यहि वारिपट्टि ललितपुर, भक्तपुरका भट्टाहरुमा रोल्पाली जुनताराहरु जिबन धान्न इट्टा बोक्छन । त्यहि पारीपट्टी सिंहदरबारमा रोल्पाली नेताहरु उपराष्ट्रपति नन्द किसोर पुन, सभामुख कृष्ण बहादुर महरा, उर्जा मन्त्रि बर्षमान पुन लगायतका नेताहरुले सिंगो समृद्दीको राज्य चलाई रहेका छन् ।

तर अहँ…! जिन्दगीका अभाबहरु मेटाउन झ्याउलीको बास बस्ने रोल्पाका जुनाताराहरुलाई अझै समृद्दीको आभास भएन ।

उपराष्ट्रपति नन्दकिसोर पुनकी ८ बर्सिया नातिनी सिम्रन पुनले राष्ट्रपति बन्ने महान सपना देखेकी छन् । अहिले उनि काठमान्डौमै गुणस्तरीय शिक्षा हासिल गरिरहेकी छन् ।

उपराष्ट्रपति पुनकि नातिनी सिम्रनको राष्ट्रपति बन्ने सपना (भिडियो)

आजका हरेक बालबालिकाहरु पढेलेखेर देशको राष्ट्रपति बन्ने सपना देख्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो । यो देशका हरेक बच्चाहरुले सिम्रनको जस्तो शिक्षा दीक्षा र सपना देख्न पाउनु पर्छ । गणत्रन्त्र नेपालको सपना पनि यहि हो ।

तर रोल्पाली जुनताराहरुको सपना इट्टा भट्टामा तुइएका छन् । भट्टाको झ्याउलीमा सिमित भएका छन् । जुनाताराहरुको सपना धेरै ठुलो पनि थिएन, केवल पढेर रेडियो संचालिका बन्ने थियो । गित गाउने कलाकार बन्ने रहर थियो ।

बस…! ति सब रहरहरु पैसा नहुँदा अलपत्र परे । गरिबीले सबै रहरहरु उडाई दियो । झ्याउलीको बासमै हराए ।

मानिसहरुको जिबन यति फरक किन भए होलान ? एउटै गाँउ, एउटै भुमि, अनि एउटी आकाश मुनि बस्ने मानिसहरु कोहि महलबासि भए, कोहि भुइँ मान्छे भए ।

तस्बिर: भट्टामा बच्चाहरु इट्टा खेलाउदै

हो रोल्पा र रोल्पालीहरु निकै गरिब छन् । गरिबीको कारण नचाहेर पनि बिगतको युद्दमा बिकल्प खोज्दै लाम लागेकै हुन् । आखिर ‘मर्नु भन्दा बहुलाउनु जाति’ भन्ने बुढा पाखाहरुको उखान आत्मसाथ गरेकै हुन् ।

सायद भोकै नाङ्गै मर्नु भन्दा रोल्पालीहरु युद्दमा हामफालेर बहुलाएकै हुन् ।

आज रोल्पाली भुमि कसैका लागि राजीतिक उर्बरा भुमि बन्यो । समृद्द नेपालको सपना देख्ने थलो बन्यो । प्रचन्ड दुईपटक देशको शक्तिशाली प्रधानमन्त्री बने । झन्डै दुई तिहाई बहुमत सहित कम्युनिष्ट सरकारको डाइरेक्टर हुनुहुन्छ ।

चितवनका पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो पटक प्रधानमन्त्री बनाउदा रोल्पालीहरुले भोट हालेर जिताए । तिनै भोट हाल्ने हातहरु प्रचण्ड कामरेडको सहरमा इट्टा बोकेर दिन गुजारा गर्दै छन् ।

युद्दको सपना के थियो ? आज के भयो ? त्यो दुनियाँ जानकार छ । सबै भन्दै जानकार तिनै इट्टा बोक्ने रोल्पाली जिबनहरुलाई थाहा छ ।

तस्बिर: दाङ्ग र रोल्पाका महिलाहरु इट्टा बोक्दै

कामरेडका छोरा छोरी,  नाति नातिनाहरु महंगा स्कुलमा शिक्षा हासिल गर्दै छन् । भोको पेट र नाङ्गो शरीर छोप्न युद्द लडेकाहरु, भट्टाको शहरमा इट्टाको भारिले थिच्चिएका छन् ।

रोल्पाली नेताहरु आफ्ना शाखा सन्तान लिएर राजधानी सहरमा समृद्दीको जिबनशैली जिई रहेका छन । उनीहरुका छोराछोरी नातिनातिनाहरु महंगा स्कुलमा पढ्छन । अर्थात मुक्ति र समृद्दीको सपना देखाएर सिंगो रोल्पालाई युद्दमा डोर्याउनेहरु सिंहदरबार पसे ।

यता कलिला जुनाताराहरु गुलामीका झ्याउलीहरुमै बेतित भए ।

यहाँ कसैप्रति गुनासो छैन तर सिंहदरबारको आँखी झ्यालबाट सिंगो देश चियाउनेले रोल्पाका जुनताराहरुको जिबन हेर्ने नैतिक आँट गर्नुपर्छ ! भुइँ मान्छेहरुको दैनिकी चियो गर्ने सामर्थ्य राख्नु पर्छ ।

चर्चित कार्यक्रम प्रस्तोता विद्या चापागाईको हेर्ने कथामा झ्याउलीका जुनताराहरुको कथाले नतमस्तक बनायो ।

हेर्नुहोस भिडियो:

२ जेष्ठ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको