७ दिनभित्र पुँजीगत लाभकर तिर्न सरकारले एनसेललाई बाेलायाे


बैशाख ३, काठमाडौँ । सरकारले दूरसञ्चार कम्पनी एनसेललाई पुँजीगत लाभकर कर तिर्न बोलाएको छ ।

ठूला करदाता कार्यालयले बाेलाएरै एनसेललाइ पूँजीगत लाभकर र अतिरिक्त शुल्कसहित कर तिर्न भनेकाे हाे।

सर्वोच्च अदालतले कर निर्धारण गरी ३ महिनाभित्र उठाउन आदेश दिएको हप्ता दिनपछि ठूला करदाता कर कार्यालयले यसरी बाेलाएकाे हाे ।

उसले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा बुझाउन एनसेललाई निर्देशन दिएको छ। साथै समयसीमा एक हप्ता ताेकेकाे छ।

सर्वाेच्चकाे फैसलामा एनसेल खरिद बिक्री भएको मूल्य १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारका आधारमा पुँजीगत लाभ कर थियाे।

३ बैशाख २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको