‘विधुतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर’


बैशाख ३, काठमाडौँ । पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकारहरुले काठमाण्डौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

विद्युतीय अपराधको तरबार नदेखाउ, पत्रकारले लेख्ने हो लेख्न पाउनुपर्छ भन्दै अनलाइन पत्रकार संघको अगुवाइमा माइतीघरमा प्रदर्शन गरेका छन् ।

पत्रकारहरुले ‘पक्राउ परेका पत्रकारलाई तत्काल रिहाई गर, लेख्न पाउने पत्रकारको संवैधानिक अधिकारको रक्षा गर, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट सहितका पदाधिकारी, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

पत्रकार गिरीलाई यसअघि सोमबार पत्रकार महासंघको रोहवरमा छाडिएपनि मंगलबार पुन नियन्त्रणमा लिइएको हो । काठमाण्डौ जिल्ला अदालतले गिरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको छ ।

सोमबार पत्रकार महासंघको रोहवरमा मंगलबार अदालती प्रक्रियाका लागि हाजिर हुने गरी रिहा गरिएको थियो ।

३ बैशाख २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको