सल्यानमा अटाे पल्टिँदा दुलहासहित २ जना गम्भीर घाइते


दुर्गा वि.सी./बैशाख ३, सल्यान । सल्यानमा अटाे रिक्सा दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ मा मंगलबार दिउँसाे २ बजे ना ३ स ६७६ नम्बरको अटो रिक्सा पल्टीदा २ जना गम्भीर घाईते भएका हुन् ।

घाइते हुनेमा अटो चालक वडा नम्बर ६ का नविन वि.क र आफ्न्नै बिवाहाको निमन्त्रणा कार्ड बाँड्न हिडेका वडा नम्बर ५ राउँचेका दुलहा रोहन खत्री रहेकाे ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

फलेडाँडा जाँदै गरेकाे अटो सडक देखि ३ सय मिटर तल भिरमा खसेर अट्किएको छ। अटो चालक वि.क. र खत्रीलाई भने उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएकाे छ । गम्भीर घाईते खत्रीको यहि ५ गते शुभविवाह रहेको छ ।

गाउँघरका भर्खर खनेका कच्ची ग्रामिण सडकमा समेत अटोमा स्थानीय आवत जावत गर्ने गरेका छन् । यस्तै पछिल्लाे साय यस क्षेत्रमा अटोका दुर्घटनाका संख्या दिनहँ हुने गरेका छन् । कच्चीबाटो भएकोले अटो पल्टीएको प्रहरीले जनाएको छ ।

३ बैशाख २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको