किन जाँदैछन प्रचण्ड अमेरिका ?


चैत २, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका जाँदैछन् ।

पत्नी सीताको उपचारका लागि अमेरिका जान लागेको उनको निजी सचिवालयले जनाएको छ । प्रचण्डसँगै पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन् ।

दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन् । सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन् ।

छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन् । गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए । रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए ।

आइतबार अमेरिका जाने निश्चित भए पनि स्वदेश फर्किने मिति भने तय भएको छैन ।

२ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको