चैत्र २, काठमाण्डौ । पछिल्लो समय निकै चर्चित संचारकर्मी तथा समाजसेवी शिशिर भण्डारीको लोग गित ‘हाम्रो माया जिन्दाबाद’ युटुब ट्रेन्डिंगमा आएको छ । भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर टिकटकमा निकै भाइरल जुम्ल्याह दिदीबहिनी प्रिस्मा खतिवडा र प्रिन्सी खतिवडाद्वारा अभिनित गित आफ्नो युटुबमा सार्बजानिक गरेपछि ट्रेन्डिंग सुरु भएको छ ।
शिर्शिर भण्डारीको आफ्नै लिरिक्समा रहेको हाम्रो माया जिन्दाबाद गितलाइ दिपक सिलवालले म्युजिक दिएका छन्, भने उक्त गीतमा शिशिर भण्डारी र बिन्दु परियारको आवाज रहेको छ ।
म्युजिक भिडियोमा टिकटकमा निकै भाइरल जुम्ल्याह दिदीबहिनी प्रिस्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा शिर्शिर भण्डारीको मोड्लिंग रहेको छ । टिकटकमा जुम्ल्याह दिदीबहिनी नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चित छन् ।
संचारकर्मी तथा समाजसेवी शिशिर भण्डारी बहुप्रतिभाशाली व्यक्तिको रुपमा परिचित छन् । मोडल तथा गायक पनि हुन् । भण्डारी पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहेका छन् ।
हेर्नुहोस उनको भिडियो:
प्रतिक्रिया दिनुहोस