गण्डकी मेडिकल कलेजका विद्यार्थी फेवातालमा मृत भेटिए


चैत २, पोखरा । गण्डकी मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थी फेवातालमा मृत अवस्थामा भेटिएका छन् ।

फाइल तस्बिर

गण्डकी मेडिकल कलेजमा पाँचौ ब्याचमा एमबीबीएस अध्ययनरत शिशिर केसी पामेस्थित फेवातालमा शनिबार बिहान साढे १० बजेतिर मृत भेटिएका हुन ।

म्याग्दी स्थायी घर भएका केसी अध्ययनका लागि पोखराको रत्नचोक बस्दै आएका थिए ।

केसी डिप्रेसन (प्यानिक अट्याक)को बिरामी भएको बताइएको छ । उनको शव पोस्टमार्टमको लागि गण्डकी हस्पिटल लगिएको बैदाम प्रहरी कार्यालयका डीएसपी कोमल शाहले जानकारी दिए ।

२ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको