दाङमा सार्वजनिक बिदामा चल्ने सरकारी गाडीमा कडा निगरानी


चैत २, दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले अब सार्वजनिक बिदाको दिन पनि सरकारी नम्बर प्लेटका सवारी साधनहरुमा कडा निगरानी गर्ने र पास बिना हिड्ने गाडीहरूहरुलाई कार्वाही गर्ने भएको छ ।

सरकारी कार्यालयका सवारी साधनहरु दुरुपयोग भएको भन्दै शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पनि सन्चालमा आएमा सरकारी नम्बर प्लेटमा सन्चालमा आएको गाडी तथा मोटरसाइकलहरु कडा निगरानी एवं चेकजाँच तीब्र पारेको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल एवं जिल्ला ट्राफिक कार्यालय दाङका ट्राफिक प्रमुख मदन कुवरले बताए । तर सुरक्षा कर्मीका गाडीहरु विद्युत नेपाल टेलिकम एम्बुलेन्स र अति आवस्यकका सवारी साधन गाडीहरु बिदाको दिनमा चलाउन पाइने छ ।

यी बाहेक अन्य सरकारी कार्यालयका गाडी तथा मोटरसाइकलहरु बिदाको दिन चलाउनका लागि सम्बन्धित कार्यालयका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयबाट काम खुलाएको लिखित पत्र राख्ने गरि सवारी पास भए मात्र चलाउन पाउने दाङ जिल्ला ट्राफिक प्रमुख कुवरले बताए ।

२ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको