नेकपाको प्रबास मोर्चा युएइ र कतारले भन्यो: पार्टीमाथिको प्रतिबन्ध खारेज गर (बिज्ञप्ति)


चैत्र २, युएइ । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको प्रबास संगठन नेपाली जनप्रगतिशिल मोर्चा युएइले सरकारद्वारा पार्टीमाथि गरेको राजनीतिक प्रतिबन्धको बिरोध जनाएको छ । प्रतिबन्धले राजनीति रोक्न नसकिने बताउदै, राजनीति गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हनन गरेको बताएको छ ।

आफ्नो पार्टीलाई औपचारिक बार्ताको कुनै पहल नगरेको बताउदै नेकपा माथि लगाइएको बार्ताबिरोधि आरोपलाइ झुठो भनेको छ । पार्टी संधै बार्ता र सम्बादद्वारा राजनीतिक समस्या हल गर्न चाहेको तर कुनै पहल नगरी प्रतिबन्ध गरि युद्दमा घकेलेको आरोप समेत लगाएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा सत्तापक्षबाट हरेक कालखण्डमा प्रतिबन्धहरु भोग्दै आएका पार्टी र नेताहरुद्वारा नेकपामाथि प्रतिबन्ध लगाएको नेपाली जनप्रगतिशिल मोर्चा युएइले बिज्ञप्ति मार्फत जनाउदै, प्रतिबन्ध खारेज गर्न माग गरेको छ ।

मोर्चा कतारको पनि बिरोध

विभिन्न देशमा रहेका नेकपाका प्रबास संगठनहरुले आफ्नो पार्टीमाथि लागेको प्रतिबन्धको बिरोध गरेका छन् । आफ्नो पार्टी राजनीतिक शक्ति भएको बताउदै सरकारले गरेको प्रतिबन्धका कारण राज्य आफैले युद्दको घोषणा गरेको भन्दै बिज्ञप्ति जारि गरेका हुन् ।

नेपाली जनप्रगतिशिल मोर्चा कतारले छुट्टै बिज्ञप्ति जारिगरि पार्टी माथि लगाइएको प्रतिबन्ध खारेज गर्न सरकार संग माग गरेको छ । मोर्चा कतारले नेपालमा गरिएको प्रहरी अप्रेशन, दमन, धरपकड, यातना र गिरफ्तार गरी सरकारले एकतर्फी युद्धको घोषणा गरेको बताएको छ । सरकार क्रान्तिकारी शक्तिलाई दबाउदै राज्यको कर छली र अपचलन गर्ने, कालोबजारी, मानव तस्कर, सिन्डिकेट माफियाको पक्षमा वकालत गरेको उसका गतिविधिले प्रमाणीत गरेका छन् विज्ञप्तिमा भनिएको छ ।

सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गरिएको नेकपामा माथिको प्रतिबन्ध तत्काल फिर्ता लिन माग गर्दै गिरफ्तार गरिएका नेकपामा नेता कार्यकर्ता रिहा गरी स्वतन्त्र र खुलारुपमा राजनीतिक अधिकारको गृहकार्य गर्न पाउने बातावरण बनाउन आग्रह समेत गरेको छ । मोर्चाले दमनका विरुद्ध जनताले शसक्त प्रतिरोध गर्ने कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनप्रगतिशिल मोर्चा युरोपले पनि सयुक्त रुपमा यस अघिनै बिज्ञप्ति जारि गरिसकेको छ ।

२ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको