अन्तरास्ट्रिय मंगोल एकता समाज युएईले सोनाम ल्होसार मनायो


दिपा बुढा मगर/१६ फेब्रुअरी २०१९ । मंगोल नेसनल अर्गनाइजेसन (MNO) प्रवाश सभा युएईको अन्तरास्ट्रिय मंगोल एकता समाज युएईले मन्चका अध्यक्ष अमर धिमालको अध्यक्षतामा तामाङ समुदायको २८५५ औं सोनाम ल्होसार मनाएको छ । शुक्रबारको दिन डेरा दुबईको एउटा होटलमा भब्यका साथ मनाएको छ ।

औपचारिक कार्यक्रम नवीन तामाङ र दिपा बुढा मगरले सन्चालन गरेका थिए भने सास्कृतिक कार्यक्रम सन्चालनमा प्रिया लामा र ज्ञाल्छेन लामाले गरेका थिए भने पुजारी ज्ञानु लामाले मन्त्र पढेर पुजा गरेका थिए ।

कालाकारहरुमा वरिष्ठ कलाकार सुरेन्द्र लामा, प्रवेग दोङका साथमा लक्षमन सुनार, ज्ञाल्छेन लामा, उचित लामा, प्रिया लामा, कान्छी शेर्पा, मुक्त गाहा मगर, जिएल राना मगर, राम रेग्मी मगर, सङ्गिता मोक्तान, पारस लामा, रमिता महर्जन, हेमराज बिसि, सोनु बिसि, कोपिला राई, सुवाश योन्जन, पुजा मगर, सङ्गीत राई , येमुना मगर, प्रदिप मगर , जिना लेप्चा, मुना पाखृन,सोलन तामाङ, प्रख्यात मोक्तान , ङावाङ लामा, जनक रुचाल र धड्कन तामाङ लगायेतका स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

२०७५ फाल्गुन ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको