अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कुवेतको मासिक बैठक सम्पन्न


फागुन ४ काठमाडौँ  । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कुवेतले मासिक बैठक सम्पन्न गरेको छ ।

रोल्पाका बोनम्यारो पिडित प्रेम बहादुर पुन सहयोग अभियानबाट कुवेती दिनार २८१ (लगभग नेपाली एक लाख) संकलन गरेको डीबी बुढाथोकीले जानकारी दिए । उक्त रकम केन्द्रिय समितिको महाधिवेशनमा अध्यक्ष बुढाथोकीले पिडित स्वयमलाइ हस्तान्तरण गर्ने बताएका छन् । अधिबेशन आउदो फाल्गुन २५ गते हुने भएको छ ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कुवेतले पिडितहरुको सहयोग तथा उद्दार र रोल्पाको समृद्धिका लागि समाजको दायित्व बिषयमा बैठकमा अन्तरक्रिया भएको थियो ।

साथै कुवेतमा रहेको रोल्पाली सेवा समाजलाई चुस्त र मज्भुत बनाउन गहन समिक्षा समेत भएको बुढाथोकीले बताए ।

अध्यक्ष बुढाथोकी नेपालमा हुन गैरहेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको महाधिबेसनमा सहभागी हुने बताएका छन् । उक्त अधिबेसनमा विभिन्न देशबाट सहभागी हुनेछन ।  बैठक अध्यक्ष डिबि बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो ।

२०७५ फाल्गुन ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको