रुकुममा पुर्व माओवादीका केन्द्रीय सदस्यसहित सयौँ कार्यकर्ता विप्लवको पार्टीमा प्रवेश


खकेन्द्र केसी/फागुन ४, सल्यान । रुकुममा पुर्व जनमुक्ती सेनाका ब्रिगेट भिसी सहित एक सय भन्दा धेरै नेता कार्यकर्ता विप्लवको नेकपामा प्रवेश गरेका छन् ।

२४ औँ जनयुद्व दिवसको अवसरमा पश्चिम रुकुमको चौरजाहरीमा आयोजित कार्यक्रममा पुर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ब्रिगेट भिसी सिसिर नकाल सहित एक सयभन्दा धेरै एमाले माओवादीका नेता कार्यकर्ता विप्लवको पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा पुर्व माओवादी केन्द्रका जिल्ला सदस्य सेर बहादुर बोहरा, एमालेका चौरहजारी नगरकमिटीमा उपाअध्यक्ष जित बहादुर विक, वाइसेलका चौरजहारी नगरकमिटी सचिव गोविन्द महर लगाएत सयौँ नेता कार्यकर्ता रहेको नेकपाका पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढाले जानकारी दिए ।

उनका अनुसार पार्टीले संचालन गरेको संगठन सुदृढिकरण तथा विस्तार अभियान जिल्लाभरी चल्नेछ । यो अभियानमा धेरैले पार्टी प्रवेश गर्ने संकेत देखिएको उनले बताए ।

यसैबिच नेकपाको भातृसंगठन अखिल क्रान्तिकारी पश्चिम रुकुममो अध्यक्षमा सुरेन्द्र वस्नेत ‘एस.के.’ चयन भएका छन् ।

संगठनको २४ औँ जिल्ला सम्मेलनले बस्नेत अध्यक्षताको २९ सदस्यीय कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा प्रेम प्रशान्त, सचिव हरि पुन, सहसचिव वसन्त चन्द र कोषाध्यक्षमा सोमपाल कामी रहेका छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यी चिरन पुन मिलन, रुकुम इन्चार्ज तथा केन्द्रीय सदस्य अटल, दैलेख इन्चार्ज विवेक, पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढा, युवा संघका केन्द्रयीय अध्यक्ष पाटन लगाएतको सहभागीता रहेको थियो ।

४ फाल्गुन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको