नगढुगांवाट लागुऔषध सहित ३ जना पक्राउ


फागुन ४, काठमाण्डौं । महानगरीय प्रहरी प्रभाग नागंढुगाले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

राजधानीको मुख्य नाका नागढुंगामा छुटाटुटै चेक जाँच गर्ने क्रममा लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरी प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले विरगंजबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ५ ख २९७ नम्बरको यात्रुबाहक बस गाडि चेक जाँच गरी सोही बसमा यात्रा गरी आएका ललितपुर महानगरपालीका वडा नं. २६ का १८ बर्षीय साजन थापालाई लागु औषध खैरो हेरोईन ३ (तीन) ग्राम फेला परेको जानकारी दिए ।

सोही बसमा सवार लालितपुरको गोदावारी नगरपालीका वडा नं. १३ का १८ बर्षीय बिनोद खड्गीको साथवाट लागु औषध नाईट्राभेट ३७ ट्यावलेट फेला परेको वताए ।

त्यस्तै महानगरी प्रहरी प्रभाग नागढुगांका प्रमुख ज्ञानवहादुर खड्काकै नेतृत्वको टोलीले चेक जाँचकै क्रममा हेटौडा तर्फबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ४ ख ७४३५ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्ने क्रममा काठमाण्डौँको नागाअर्जुन नगरपालीका वडा नं. ९ का ३३ बर्षीय सुन्दर खडकाको साथबाट लागुऔषध फेनारगन १७ एम्पल नुफिन १७ एम्पल र डाईजेल्याब १७ एम्पल फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए ।

पक्राउ गरेका तीनजनालई आगुऔषध एन अन्र्तगत मुद्धा चलाईने थानकोट प्रहरीले जनाएको छ ।

२०७५ फाल्गुन ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको