अखिल क्रान्तिकारी रुकुम पश्चिमको अध्यक्षमा बस्नेत


ज्ञानु गौतम/फागुन ४, रुकुम । बिप्लव नेतृत्वको अखिल क्रान्तिकारी रुकुम पश्चिमको अध्यक्षमा सुरेन्द्र बस्नेत सर्बसम्मत निर्बाचित भएका छन ।

चौरजहारीमा हिजो सम्पन्न भएको २५ औं जिल्ला सम्मेलन बाट बस्नेतको नेतृत्वमा २९ सदस्सीय जिल्ला कमिटि निर्माण भएको हो । शनिबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरि निर्बाचित पदाधिकारी र सदस्यहरुको नाम सहित चौंरजहारी घोषणापत्र सार्बजनिक गरिएको छ ।

जसअनुसार संगठनको उपाध्यक्षमा प्रेम प्रशान्त बोहरा, सचिब हरि पुन, सहसचिबमा बसन्त शर्मा र कोषाध्यक्षमा सोमपाल कामी रहेका छन । सम्मेलनबाट जारी गरिएको चौरजहारी घोषणापत्रमा जिल्लाका शैक्षिक माफिया बिरुद्ध ढटेर सामाना गर्ने घोषणा गरिएको छ ।

मिडास, समता स्कुल र नीजि बिद्यालयहरु चल्न नदिने पनि उनीहरुको घोषणा पत्रमा समेटिएको छ । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य दिपक बिष्ट र नेकपा रुकुम पूर्वका सेक्रेटरी नरेन्द्र बिकको पनि उपस्थित रहेको थियो ।

२०७५ फाल्गुन ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको