रुन्टीगढी सम्मेलनको तयारी: फोहरदानी हस्तान्तरण तथा नगर सरसफाइ कार्यक्रम सम्पन्न


फागुन ४, होलेरी, रोल्पा । यहि फागुन १० र ११ गते सम्मन हुने रुन्टीगढी विकास सम्मेलन २०७५ को तयारीका क्रममा आज होलेरी बाजार सरसपाइ गर्ने कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा बजार सरसफाइका लागी होलेरी बजार सरसफाइ समिति र होलेरी बजार ब्यवस्थापन समितिलाइ गाउँ पालिकाले पच्चिस थान फलामको फोहरदानी फ्रेम, पचास थान फोहरदानी, पाँच थान फोहर जलाउने भाँडो र छ थान फोहर सकलन गर्ने दाँती हस्तान्तरण गरिएको छ ।

आज आयोजीत बजार सरसफाइ तथा फोहरदानी हस्तान्तरण कार्यक्रमा गाउँ पालकाका अध्यक्ष बालाराम बुढाले बजार ब्यवस्थापन समितिका अध्यक्ष भुपाल बस्नेतलाइ हस्तान्तरण गर्नु भएको हो ।

नेपाल आर्मी नेपाल प्रहरी स्थानीय बासी तथा सर्वसाधनको सहभागीतामा सम्पन्न उक्त कार्यक्रम गाउँपालिकाका सरसफाइ फोकल पर्सन दीपक डाँगीले सच्चालन गर्नु भएको थियो ।

आगामी फागुन १० र ११ गते सम्पन्न हुने विकास सम्मेलनको तयारीका क्रममा बजार सरसफाइ तथा सजावट स्वागतद्वार निर्माण लागाएतका कामहरु अगाडी बढेका छन ।

उक्त स्म्मेलनमा सघीय सरकारका मन्त्री राष्ट्रिय सभाका सदस्य सघीय सभाका सदस्य प्रदेश पाँच न प्रदेशका मन्त्री ५ न प्रदेश शभाका सदस्य प्रदेश योजनका आयोगका उपाध्यक्ष रोल्पा दाग सल्यान प्यूठान र रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख उप महानगरपालका प्रमुख नगरपालिका प्रमुख गाउँ पालिकाका अध्यक्ष उद्योग वाणिज्य सघ गैरसरकारी सस्था महासघ पत्रकार महासघका अध्यक्ष हरुको सहभागीता रहने छ ।

उक्त सम्मेलनमा रुन्टीगढी र यस रापती क्षत्रको पर्यटन तथा पूर्वाधारको समग्र विकासका लागी चार वटा कार्यपत्र तथा प्यानल डिस्कसन हुने गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले बताउनु भयो ।

 

 

२०७५ फाल्गुन ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको