पूर्वानुमान महाशाखाले निकाल्यो तीन दिनको मौसम विवरण, कुन क्षेत्रमा के हुन्छ ?


फागुन ४, काठमाडौं । शनिबारदेखि सोमबारसम्म देशभरका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको विवरण अनुसार आजदेखि सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने देखिन्छ र देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तो छ महाशाखाले जारी गरेको पूवार्नुमान विवरण

शनिबार

दिउँसो

देशभर आंशिकदेखि सामान्य बदली रहने देखिन्छ र देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति

देशको पश्चिमी र मध्य भू-भागमा आंशिक बदली र पूर्वी भू-भागमा सामान्य बदली रहने देखिन्छ र पूर्वी तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरूमा र पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

आइतबार

दिउँसो

देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ र पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति

देशको पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

सोमबार

दिउँसो

देशको पश्चिमि भू-भाग लगायत पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ र देशको पश्चिमी भू-भाग लगायत पूर्वी तथा मध्य पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति

देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली रहने तथा पूर्वी भू-भागमा आंशिक बदली रहने देखिन्छ र पश्चिमी भू-भागका थोरै स्थानहरूमा तथा मध्यका १/२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७५ फाल्गुन ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको