नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबले मनायो ‘२४औं जनयुद्ध दिबस’


फागुन ४, साउदी । नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रबास ब्यूरो अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबले २४औं जनयुद्ध दिबस मनाएको छ ।

साउदिको रियाद स्थिति नेपाली जनप्रगतिशिल मोर्चाका सल्लाहाकार समयोजक दिल शुब्भाको प्रमुख अतिथि रहेको कार्यक्रमको सभापति सेते घर्तिमगर रहेका थिए । उक्त कार्यक्रमको सन्चालक दुर्गा ओलिले गरेका थिए ।

सहित परिवार तथा नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रिय महासचिव टिकाराम ओलि ‘सुरेस’लाई प्रमुख अतिथिद्वारा खादा ओढाइ सम्मान गरेका थिए । ज्ञात अज्ञात सहिदहरु प्रती एक मिनेट मौनधारणबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष युबराज कार्कीले स्वागत मन्तव्य दिएका थिए ।

मन्तब्यको क्रममा मोर्चा अध्यक्ष भानु प्रदेशिले प्रचण्ड बाबुरामबाट घात भएको अधुरो क्रान्ती बिल्पवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्ती मार्फत पूरा गर्ने ठोकुवा गरेका थिए ।

कार्यक्रमको बिचमा नेपाली जनप्रगतिशिल मोर्चाका केन्द्रिय सदस्य इन्द्र बिकले ‘घात गर्ने घातिहरुको धुलो पारौ, भन्दै आफ्नो गित प्रस्तुत गरेका थिए ।

नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रिय समितिले तिर्थ पाख्रिनको संयोजकत्वमा ११ सदस्यीय केन्द्रिय अधिबेसन समिति गठन गरेको छ । प्रबासी मजदुर एक हौ, एकीकृत जनक्रान्ती हुँदै बैज्ञानिक समाजबाद स्थापित गरौं, भने मुलनाराका साथ मोर्चाको आगामी अधिबेसनको तयारीका लागि समिति निर्माण गरेको जनाएको छ ।

साथै रियाद क्षेत्रीय समितिको दोस्रो भेलाले अध्यक्ष थोम गुरुङको अध्यक्षतामा पछि २ जना थप्ने गरि ११ सदस्य समिति निर्माण भएको मोर्चाले जनाएको छ ।

२०७५ फाल्गुन ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको