जनप्रगतिशिल मोर्चा युएइले यसरि मनायो ‘२४औ जनयुद्द दिबस’ (फोटो फिचर)


फागुन ४, युएइ । सत्तारुढ नेकपाको प्रधानमन्त्री तथा अध्यक्ष ओली खेमाले जनयुद्द दिवशलाइ बहिस्कार गर्दा तत्कालिन माओबादि प्रचण्ड खेमाहरु अपमानित भएको नेपाली जनप्रगतिशिल मोर्षा युएइका प्रमुख सल्लाहकार समर खत्रीले बताएका छन् । युएइ मोर्चाले आयोजना गरेको २४औ जनयुद्द दिवसको कार्यक्रममा बोल्दै समर खत्रीले भने, एमाले संगको एकतापछि पुर्ब माओबादि तप्काका नेता तथा कार्यकर्ताहरु तिरस्कृत हुँदै निकै पिडामा रहेको पनि व्यक्त गरे ।

जनयुद्द दिवसले पुर्वएमाले समुहले पूर्ण रुपमा बहिस्कार गरेपछि नेकपाको एकतामा गम्भीर प्रश्न उब्जिएको खत्रीले टिप्पणी गरेका छन् । यस्तो तरिकाले नेकपाको एकता र सत्ता धेरै लामो समय नटिक्ने उनले दावी गरेका छन् । संसदीय ब्यबस्थालाइ ठेगान नलगाउदा सम्म नेपालमा शान्ति स्थिरता नहुने बताउदै देश-विदेशबाट बिप्लव नेतृत्वको नेकपामा गोलबन्द हुन आग्रह गरेका थिए ।

पुर्ब जनमुक्ति सेनाका इश्वर लामाले २४औ जनयुद्द दिवस प्रबासमा मनाइ रहदा केहि दुख र केहि खुसि एकैसाथ अनुभूति गरिरहेको बताएका थिए । आफु लडाकुमा भर्ति हुँदाको क्षणलाई स्मरण गर्दै आज परदेशिनु पर्दाको बाध्यतालाई दुखद रुपमा लिएका थिए भने परदेशमा बसेर पनि जनयुद्द दिवस मनाइ रहदा आफुलाई खुसि भएको पनि बताए । युगले मागे फेरी मुक्ति आन्दोलनमा सहभागी हुने जनाएका थिए ।

शहिद परिवार नारायण खनालले युएइ मोर्चाले बिगत देखि पिडितहरुको पक्षमा उदाहरणीय कार्य गरेको भन्दै बधाई तथा धन्यबाद ज्ञापन गरेका थिए । मानव दलालको फन्दामा परि अलपत्र मजदुरको उद्दार कार्यमा अन्य संस्थाहरुको तुलनामा निकै राम्रो कामगरेको भन्दै प्रसंसा पनि गरेका थिए ।

अन्य अतिथिहरुले पनि शुभकामना मन्तब्य राख्ने काम भएको थियो ।

नेपाली जनप्रगतिशिल युएइले २४औ जनयुद्द दिवश १५ फेब्रुवरीमा बरदुबईको सिन्द पन्जाव रेस्टुरेन्टमा सम्पन्न गरेको थियो ।

कार्यक्रमका सभापतिमा मोर्चाका अध्यक्ष मनोज काउछा रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि मोर्चाका प्रमुख सल्लाहकार समर खत्री रहेका थिए भने बिशेष अतिथिहरुमा मोर्चाका संस्थापक अध्यक्ष तथा बर्तमान सल्लाहकार दुर्गा पोख्रेल, पोष्टपाटी मिडियाका संचालक केबी गुरुङ रहेका थिए ।

अन्य अतिथिहरुमा सहिद परिवारहरु नारायण खनाल, बिकास काउछा, थान प्रसाद डुम्रे रहेका थिए । महिला प्रतिनिधि तथा पुर्व जनमुक्ति सेना तिला परियार, पुर्ब जनमुक्ति सेनाबाट सबैको प्रतिनिधित्व गर्दै इश्वर लामा, सारजहा क्षेत्रीय समिति अध्यक्ष पशुपति खड्का, बाग्लुङ्ग सेवा समाजकी प्रतिनिधि तथा केन्द्रिय सदस्य कुस्मा खरेलको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन तथा दिप प्रज्वलन मुख अतिथिबाट भएको थियो । कार्यक्रममा सहभागीहरुलाई मोर्चाका बरिष्ट उपाध्यक्ष कमल पोख्रेलले स्वागत मन्तब्य द्वारा स्वागत गरेका थिए ।

कार्यक्रममा आमन्त्रित सहिद परिवारहरु  नारायण खनाल, बिकास काउछा, थान प्रसाद डुम्रेलाइ खादा ओढाएर सम्मान सम्मान गर्नुका साथै सहिदको फोटोमा अबिल्यापन कार्यक्रम भएको थियो ।

कार्यक्रममा पुर्व जनमुक्ति सेनाहरुको धेरै सहभागी रहेको थियो भने युएइमा रहेका अन्य सुभचिन्तकहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमलाइ मोर्चाका महासचिव केदार लम्सालले संचालन गरेका थिए ।

कार्यक्रमका झलकहरु:

 

 

 

 

४ फाल्गुन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको