बझाङमा जिपको ठक्करबाट बालकको मृत्यु, स्थिति तानवग्रस्त


गणेश विक/फागुन ४, बझाङ । जिपको ठक्करबाट १० वर्षीय बालकको मृत्यु भएपछि चैनपुर-ताक्लाकोट सडकखण्ड तानवग्रस्त बनेको छ ।

शुक्रबार बेलुका सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिका जाँदै गरेको से१ज ६६४० नम्बरको जिपले ठक्टरबाट तल्कोट गाउँपालिका २ किथ्थु कुँवरका छोरा १० वर्षीय महेश कुँवरको मृत्यु भएपछि तनावग्रस्त बनेको हो ।

घटना लगत्तै जिप चालक नरेश बोहरा फरार रहेको जनाइएको छ । चालकको लाइसेन्ससमेत नभएको बुझिएको तल्कोट गाउँपालिका २ का वडा अध्यक्ष अक्कल बहादुर कुँवरले बताए ।

वडा अध्यक्ष कुँवरकाअनुसार आक्रोसित स्थानीयले जिप तोडफोड गर्न खोजे पनि आफूले जोगाएको बताए । अध्यक्ष कुँवरका दाई किथ्थु कुँवरमा मृतक छोरा साइला हुन् ।

घटनापछि चैनपुर-ताक्लाकोट सडकखण्ड स्थानीय बासिन्दाले बन्द गरेका छन् । शव सडकबाट उठाएका छैनन् । जिप चालक र साहुलाई घटना स्थलमा ल्याउनु पर्ने माग स्थानीयले राखेको प्रहरीले जनाएको छ ।

यता वडा अध्यक्ष कुँवरकाअनुसार घटना स्थलबाट नै जिप साहु र चालकले नै आएर आफ्ना छोराको दाहसंस्कार गरिदिनु पर्ने माग आफ्नो रहेको बताए । घटना स्थलमा शशत्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

२०७५ फाल्गुन ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको