त्रिवेणीको बिबाद: शान्तिपुर्ण कोणसभा सम्पन्न


माघ २, रोल्पा । रोल्पा त्रिवेणी गाउँपालिका ४ स्थित श्री जनकल्याण मावि सिमपानीको बिद्यालय ब्यबस्थापन समितिलाई खारेज गर्न स्थानीय अभिभावकहरु अझै संघर्षरत छन् ।

बिद्यालय ब्यबस्थापन समिति गठन बिबाद नमिले पछि आज तेस्रो दिन बिरोध स्वरूप शान्ति पूर्ण कोणसभा गरेको छ ।

उक्त सभामा १५० जना बढी स्थानीय अभिभावकहरुको उपस्थिति रहेको आन्दोलनमा सहभागी कमानसिंह पुनले बताएका छन् । उनले भने सभामा उपस्थित अधिकाँश अभिभावकहरु उत्साहित थिए । आफुलाई झुक्याएर हस्ताक्षर गराएको भन्दै स्थानीयहरु आन्दोलनमा सहभागी भएको पुनले बताए ।

गाउँपालिका अध्यक्ष सान्त वलीले असन्तुष्टपक्षलाई छलफलका लागि बोलाएका छन् । संघर्ष टोलि छलफलमा जुटेको उनको भनाई छ ।

 

२०७५ माघ २,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको