माघ २, सल्यान । नेत्र बिक्रम चन्द ‘विप्लव’ निकट क्रान्तिकारी पत्रकार संगठन नेपाल जिल्ला शाखा सल्यानको आयोजनामा अन्तर्क्रिया कार्यक्रम हुनेभएको छ । कार्यक्रम माघ ३ गते (भोलि) हुने भएको हो।
‘जनपक्षीय पत्रकारिता आजको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रम जिल्लाको सदरमुकाम खलंगा बालमन्दिरमा बिहान ११ बजे देखि हुने भएको छ ।
अन्तरकृया कार्यक्रममा उपस्थिति हुन् जिल्ला स्थित सम्पुर्ण पत्रकार, मानवअधिकारकर्मी, कानुन व्यवसायी, वकिल, बुद्धिजीवी, लेखापढी, प्रध्यापक लगाएत आग्रह गरिएको जिल्ला सचिव खकेन्द्र केसीले बताएका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्न संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, कोषअध्यक्ष जानकी चौधरी लगाएतको टिम सल्यान आउने संगठनका जिल्ला अध्यक्ष योगराज विकले बताएका छन् ।
केन्द्रिय अभियान टोली सल्यान पुग्यो
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय पदाधिकारीको टोली बुधबार सल्यान पुगेको छ । ३ महिने जनसञ्चार अभियान लिएर दुर्गम कर्णाली पुगेको केन्द्रीय टोलीलाई अध्यक्ष प्रकाश डुम्रेले नेतृत्व गरेका छन ।
३ महिने जनसञ्चार अभियानमा कर्णाली स्तरीय जनपक्षीय पत्रकारिता तालिम अन्तर्गत सल्यानमा कार्यक्रम हुन लागेको क्रान्तिकारी पत्रकार संगठन नेपाल शाखा सल्यानका सचिव खकेन्द्र केसीले जानकारी दिए । केन्द्रिय जनसञ्चार अभियान टोली आजै सल्यान आइपुगेको केसीले बताए ।
जनसञ्चार अभियान कर्णालीमा बिस्तार गर्न संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम बिष्ट, कोषाध्यक्ष जानकि चौधरी, भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक टिका केसि, गण्डकी धौलागिरी क्षेत्रिय समन्वय समिति संयोजक अोम हमाल, केन्द्रीय सदस्य राजकुमार योगी लगाएतको टोली कालिकोटको रास्कोट पुगेर अभियानको उद्घाटन गरेको थियो ।
‘आस्था, बिचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता श्रमजीवीको हक, हित र जनपक्षीय पत्रकारिताको बिकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा लिएर कर्णाली अभियानमा जुटेको छ ।
प्रतिक्रिया दिनुहोस