मङ्सिर २९, काठमाडौँ । कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनबढी घाइते भएका छन् ।
आइतबार बिहान दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।
बस सडकबाट अन्दाजी २०० मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
रिजर्भ गरेको बस दुर्घटनमा परेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस