नेकपा सचिवालय र स्थायी समिति बैठक बस्दै


मङ्सिर २९, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय र स्थायी समिति बैठक आज बस्दैछ ।

सचिवालय बैठक बिहान ९ बजे र स्थायी समिति बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । मंसिर २३ गते बसेको सचिवालय बैठकले स्थायी समितिको मिति तय गरेको थियो ।

विधानमा ३/३ महिनामा बस्नुपर्ने भनिएको स्थायी समिति बैठक ठीक एक वर्षपछि बस्न लागेको हो । अघिल्लो वर्ष पनि मंसिर २९ गतेदेखि बैठक बसेको थियो। बैठक दुई हप्तासम्म लम्बिएको थियो ।

२३ गतेको बैठकले नै सचिवालय बैठक २७ गते बस्ने निर्णय गरेको थियो । तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त भएपछि बैठक २८ र पुनः २९ गतेलाई सरेको थियो ।

सचिवालय बैठकमा स्थायी समितिमा पेश गरिने एजेन्डाको बारेमा छलफल हुने छ ।

२०७६ मंसिर २९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको