कात्तिक २९, काठमाडौं । नेपाली कांग्रेसका सांसद मो. अफ्ताव आ’लमलाई पूर्पक्षका लागि जे’ल चलान भएका छन् ।
संविधान सभाको पहिलो निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते भएको घटनामाथि छानबिनका क्रममा १२ वर्षपछि प’क्राउ परेका आलमलाई पुर्पक्षका लागि थु’नामा पठाउन जिल्ला अदालत रौतहटले आदेश दिएको हो ।
वादी–प्रतिवादी दुवैतर्फका वकिलहरूको बहस सकिएपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थु’नामा राख्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मु’द्दाको पक्षमा महान्यायाधिवक्ताको कार्यलयका सह–न्यायाधिवक्ता सूर्यराज दाहाल, उप–न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला न्यायाधिवक्ता कार्यलय रौतहटका प्रमुख सहायक न्यायाधिवक्ता खगेन्द्रराज कटुवालले बहस गरेका थिए । पीडितको पक्षबाट भने पूर्व महान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहस गरेका थिए ।
आ’लमको पक्षबाट पूर्वमहान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ लगायत १५ जनाले बहस गरेका थिए ।
रौतहट २ बाट निर्वाचित आल’ममाथि वि’स्फोट पदार्थ, ज्या’नमु’द्दा र ज्या’न मा’र्ने उद्योग गरी तीन मु’द्दा लगाइएको छ ।
यसअघि सरकारी वकिल कार्यालयले आलमविरुद्ध ८०० पृष्ठको अभि’योग पत्र दर्ता गरेको थियो । जसमा आलमले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जि’उँदै ज’लाएको उल्लेख थियाे । त्यसकै आधारमा आलमलाई पूर्पक्षका लागि जिल्ला अदालतले जे’ल पठाएकाे हाे ।
२०६४ साल चैत २७ गते भएकाे राजपुर ब’म वि’स्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा ज’लाएको आ’रोपमा आ’लमलाई प्रहरीले २६ असोजमा प्रहरीले प’क्राउ परेको थियो ।
प्रतिक्रिया दिनुहोस