असाेज २८, काठमाडौं । महानगरीय प्रहरी बृत्त महाराजगन्जले अ’बैध ला’गुऔ’षध चरे’ससहित दुई जनालाई पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी बृत्त महाराजगन्जका चेकजाँचकाे क्रममा गोंगबुबाट चरे’ससहित दुई जनालाई पक्राउ गरेको हाे ।
महानगरीय प्रहरी बृत्त महाराजगन्जका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले चेक जाँचकाे क्रममा गोंगबुबाट जाजरकोट जिल्ला नलगाढ नगरपालिका १ घर भइ हाल चन्द्रागिरि नगरपालिका थानकोट बस्ने बर्ष २३ को भुवन बुढामगर र जाजरकोट जिल्ला नलगाढ नगरपालिका ३ घर भई चन्द्रागिरि थानकाेट काठमाडौं बस्ने बर्ष २८ को नविन प्रकाश पुनलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुको साथबाट साढे ४ किलो अ’वैध ला’गुऔ’षध च’रेस फेला परेको प्रहरी नायव उपरीक्षक लम्सालले जानकारी दिए । पक्राउ परेका दूईजनालाई थप अनुसन्धान गरि ला’गुऔ’षध एेन २०३३ अन्तर्गत मुद्दा चलाईने प्रहरी जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस