कर्णालीका मुख्यमन्त्री शाही लगातार किन परे विप्लवको ‘तारो’मा ?


साउन ३०, कालिकोट । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लगातार लक्षितगरि लगातार बम बिस्फोट बनाउदै आएका छन् । यस अघिदेखि लक्षित गर्दै बम बिस्फोट गराउदै आएका विप्लबका कार्यकर्ताले पुन दुईवटा बम विस्फोट गराएका छन्।

गृह जिल्ला कालिकोटको निर्वाचन क्षेत्रको भ्रमणमा रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बुधबार पचाल झरनाको फेदमा र बिहिबार रास्कोटमा बम बिस्फोट गराएका हुन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डीएसपी विनोद शर्माले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्ष्य गरी दुईवटा बम विस्फोट गराएको बताएका छन् । उनका अनुसार बुधबार बेलुका पचालझरना गाँउपालिकाले आयोजना गरेको सभामा सम्बोधन गरिरहेका बेला कार्यक्रम स्थलबाट ५ किलोमिटर टाढा दुईवटा बम विस्फोट भएका थिए।

त्यसैगरी बिहीबार बिहान १० बजे रास्कोट नगरपालिकाको मौलाकोटमा पनि दुई बटा बम विस्फोट गराएको डिएस्पी शर्माले बताए। डीएसपी शर्मासहित २६ जना प्रहरीको टोली मुख्यमन्त्री शाहीको सुरक्षामा खटिएका छन्। मुख्यमन्त्री शाहीले विप्लव समूहका नेता कार्यकर्तालाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन्। उनले जनयुद्धको उपलब्धिकै कारण आफूहरुले सरकारको नेतृत्व गरिरहेको बताउदै केही असन्तुष्टि राखेर टाढा–टाढा बम पट्काउँदैमा केही उपलब्धि नहुने स्पष्ट पारे।

विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी मनीलाल ऐडीले मुख्यमन्त्री शाहीसहित ठूलो सुरक्षा फौज आफ्नो अनुमति बिना आधारइलाका प्रबेश गरेकाले सांकेतिक रुपमा प्रतिरोध गरिएको बताए। ‘अहिले संसदीय दलाल राज्य सत्ता र नेकपाको जनसत्ता बीचको लडार्इं चलिरहेको छ।’ एैडीने भने–‘हामीले प्रतिबन्ध लगाएको सत्ताका मान्छेहरु आउँदासांकेतिकरुपमा बम बिस्फोट गराएर विरोध जनाएका हौं।’ अझै अटेर गरी आफ्नो आधार इलाकामा गतिबिधि बढाए शशक्त प्रतिकार गर्ने उनले चेतावनी दिए।

सरकारका मान्छे जनताका आवश्यकता पूरा गर्न, जनताका पीडा बुझ्न भन्दापनि फूलमाला र अबिर लगाउन आएकाले आफूहरुले विरोध गरेको उनले दाबी गरे।

३० श्रावण २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको