कर्मचारी सरुवा गर्दा पैसा खाएको भन्दै मन्त्रीकै अगाडि उपसचिव कुटिए


जेठ ०१, काठमाडौं । आपूर्ति मन्त्रालयका उपसचिव प्रेम आचार्यमाथि मन्त्रालय भित्रै हातपात भएको छ । उनलाई कर्मचारी सरुवामा अनियमितता गरेको भन्दै बुधबार हातपात भएको हो ।

कर्मचारी सरुवा गर्दा पैसा खाएकाे आरोपमा उनीमाथि हातपात भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवसमेत रहेका आचार्यलाई ७ / ८ जनाको समूहले हातपात गरेका थिए । सरुवामा घुस खाएकाे भन्दै उनीहरूले मन्त्रीकै अगाडि हातपात गरेका हुन् ।

आचार्यसँग भनाभन भएपछि मन्त्री मातृका यादव के काे विवाद भन्दै पुगेका थिए । उनकै अगाडि आचार्यमाथि हातपात भएकाे हाे ।

मन्त्रीका स्वकीय सचिव सन्ताेष विष्टकाे हातमा पनि चाेट लागेकाे छ ।

१ जेष्ठ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको