विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदै


जेठ १, काठमाडौं। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन।

विकिपिडियाको पहिचान, सुधार र नेपालका विभिन्न समुदायहरूमा यसको प्रयोगको बारेमा जानकारी
गराउन विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदैँ छ।

यस अन्तर्गत बिलबोर्डस् पहल परियोजनामा नेपालका दुईवटा सहरहरु विराटनगर र जनकपुरका मुख्य
स्थानहरू चयन गरी नेपाली र मैथिली समुदायमा विकिपीडियाको जागरूकता बढाउन त्यहाँ होर्डिङ लगाइनेछ।

मुख्य रूपमा नयाँ पाठकहरूलाई आकर्षित गराउने उद्देश्यले सञ्चालन गरिन लागिएको यस परियोजनाका
संयोजक तुलसी भगतले जानकारी दिए ।

यसका साथै विकिमिडियनस् बिप्लब आनन्द, संजोग देव, विजय
चौरसिया, पंकज देओ र संदीप राउतले नेतृत्व गर्दैछन।

१ जेष्ठ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको