दाङमा दुई दिन अघि वेपत्ता भुपलालको खेतमा शव भेटियो


बैशाख २, काठमाडौं । दाङका घोराहीमा दुई दिन अघि बेपत्ता एक पुरुष मृत फेला परेका छन् ।

घोराही उप–महानगरपालिका–५ धर्ना स्थित सिसहिपुरका ५५ वर्षीय भुपलाल बिकको घर नजिकै खेतमा मृत अवस्थामा लाश फेला परेको हो । चैत ३० गतेदेखि बेपत्ता भएका उनको साेमबार शव भेटिएको हो ।

प्रारम्भिक अनुसन्धानपछि लाश पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२ बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको