पत्रकार महर्जनलाई तीन दिनभित्र उपस्थिति गराउन सर्वोच्चको आदेश


बैशाख २, काठमाडौँ । सर्वोच्च अदालतले जनपत्रकार संगठन, नेपालका काठमाडौँ संयाेजक पत्रकार जितेन्द्र महर्जनलाई तीन दिनभित्र उपस्थिति गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

जनपत्रकार संगठनकाे अाग्रहमा नेपाल पत्रकार महासंघले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले बन्दीसहित गिरफ्तार गुर्नको कारण पेश गर्न साेमबार सरकारलाई आदेश दिएको हो ।

सर्वाेच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गिरफ्तार गर्नुको लिखितजवाफसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको हाे।

नेपाल भाषाकाे पत्रिका `न्हूगु ज्वजलपा वा:पाै´ का प्रधानसम्पादक महर्जनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठनकाे काठमाण्डाैं संयाेजक भएकै कारण चैत २८ गते प्रहरीले गिरफ्तार गरेको थियाे।

पत्रकार महर्जनको तर्फबाट वरिष्ठ अधिवक्त एकराज भण्डारी, कपिलचन्द्र पोख्रेल, कान्ति ढुङ्गाना, चुडाबहादुर तिवारीलगायतले बहस गरेका थिए ।

२ बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको