दाङमा चोरी मुद्दामा फरार अभियुक्त ५ बर्षपछि यसरी परे प्रहरीको फन्दामा


चैत १, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले फरार अभियुक्तलाई पाँचबर्षपछि पक्राउ गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालतले साधारण चोरीमुद्दा कसूरमा २०७० चैत १८ गते दोषी ठहर गरेका घोराही उपमहानगरपालिका १५ निवासी २१ बर्षीय रेशम बुढामगरलाई पाँच बर्षपछि पक्राउ गरेको छ ।

२० दिन कैद र एक लाख ८५ हजार जरिवाना तोकिएको उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

साथै रहजनी चोरी मुद्धामै संलग्न रहेको भन्दै तत्कालिन पुनराबेदन अदालत तुलसीपुरले २०७२ कात्तिक २२ गते चारबर्ष एक महिना एक दिन कैद सजाय ठहर गरेको थियो ।

फरार रहेका उनलाई बिहीबार साँझ ५ बजेतिर लमही १ नर्तिमा लुकीछिपी हिडिरहेको अबस्थामा फेला पारी पक्राउ गगरिएको हो । उनलाई आजै जिल्ला अदालत मार्फत काराकार उपस्थिति गराईएको प्रहरीले बताएको छ ।

१ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको