नेकपाले कालिकोटका जनतालाई भन्यो-‘प्रतिरोधमा जुट्न तयार रहनुहोस्’


कर्ण बिश्वक्रर्मा/चैत १, कालिकोट । कालिकोट जिल्लाको मुम्रामा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको संगठन संगठन सुदृढ तथा विस्तार अभियान –२ को समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संगठन सुदृढीकरण तथा बिस्तार अभियान २ को क्रमामा भएका गतिविधिको समिक्षा संगै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका केन्दिय सदस्य तथा अभियान टिम कमाण्डर नविन बिश्वक्रर्मा (हितमान)ले सर्वहारा वर्गको नेतृत्व अब विप्लव नेतृत्व नेकपाले मात्र गर्न सक्ने भन्दै त्यही अनुसार जनताको माझमा गएर संगठन बिस्तार भएको बताएका छन् ।

नेता बिश्वक्रर्माले बर्तमान दलाल सरकार फासिवादी चरित्रमा गएकाले आफ्नो पार्टीलाई राजनिति प्रतिबन्ध लगाएकाले सम्पुर्ण नेता तथा कार्यक्रता र आम जनसमुदायलाई प्रतिरोधमा उत्रिन पनि आग्रह गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा जिल्ला सेक्रेटरी रणदिप ऐडि, पुवी अभियान टोलिका कमान्डर आर्जन उप्रेति, आकाश लगायत नेता कार्यक्रताको उपस्थिती रहेको पार्टी कार्यलय सचिव निर्देशन सुनारले जानकारी दिएका छन् ।

१ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको