बलात्कार गर्ने तीनजनालाई १३ वर्ष कैदको फैसला


चैत्र १, राजविराज । १६ बर्षिया किशोरीलाई सामूहिक बलात्कार गर्ने राजविराजका तीन युवालाई अदालतले १३ वर्ष कैद सजायको फैसला गरेको छ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले राजविराज नगरपालिका ४ का २४ वर्षीय शम्भु साह, राजविराज ८ का २८ वर्षीय नविन दत्त र राजविराज ९ मलेठका २१ वर्षीय फुदिन खानलाई कैद सजायको फैसला गरेको जिल्ला अदालतले जनाएको छ।

बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला गरिएको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए।

एसएलसीको परीक्षा दिएर फर्किदै गरेकी १६ बर्षिया किशोरीलाई ०७१ चैत १३ गते राजविराज ८ स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा लगि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडितले जिल्ला प्रहरी कार्यालयमा घटनाकै दिन आरोपितसहित राजविराज ८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह, राजगढ गाउँपालिका ३ नर्घोका २० वर्षीय दिपेशकुमार यादव, रुपनी गाउँपालिका ६ तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खंग र सुनसरीको गढी गाउँपालिका ६ सतेरझोराका १८ वर्षीय दिपक खेरवार यादवविरुद्ध उजुरी दिएपनि प्रहरीले ११ दिनपछि मात्र उजुरी दर्ता गरेको थियो।

१ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको