स्थानीय सुराकीद्वारा उदयपुरमा आक्रोसको गिरफ्तारी गराएको नेकपाको आरोप (बिज्ञप्ति)


चैत्र १, उदयपुर । नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपा उदयपुरका जिल्ला सदस्य आक्रोसलाइ गएराति प्रहरीले गिरफ्तार गरेको छ । नेकपा उदयपुरले स्थानीय जाली फटाहाहरुको सुराकीमा आक्रोसलाइ पक्राउ गरेको जनाएको छ ।

उक्त गिरफ्तारी प्रति नेकपा उदयपुरले गम्भीर ध्यानाकर्षण भएको जनाउदै आफैले निर्माण गरेको संबिधानको बर्खिलापमा नेकपा माथि लगाइएको प्रतिबन्ध आफ्नै लागि घातक हुने जनाएको छ ।

स्थानीय सुराकीले षड्यन्त्रपूर्ण ढंगबाट आफ्नो नेता कार्यकर्तालाइ गिरफ्तार गराउने भूमिका आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै गिरफ्तार नेता तथा कार्यकर्तालाई रिहाइ नगरे आफुहरु कठोर बन्ने बिज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस बिज्ञप्ति:

१ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको