विप्लब नेकपाको प्रबास मोर्चा युरोपले भन्यो ‘राजनीतिक प्रतिबन्ध फिर्तागर’ (बिज्ञप्ति)


चैत्र १, युरोप । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा निकट नेपाली जनप्रगतीशिल मोर्चा युरोपले आफ्नो पार्टी माथिको प्रतिबन्द फिर्ता गर्न जोडदार माग गरेको छ । राजनीतिक पार्टीमाथि भएको प्रतिबन्ध अलोकतान्त्रिक भएको जनाउदै आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल सरकारद्वारा उक्त प्रतिबन्ध एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गराएको आरोप समेत लगाइएको छ ।

युरोप मेर्चाले एक बिज्ञप्ति जारि गर्दै देशभरका पार्टी नेता तथा कार्यकर्ताको धरपकड गर्दै राजनीतिक प्रतिबन्ध गर्नु सामाजिक फाँसीबादी चरित्र भएको जनाएको छ ।

सत्तारुढ दल नेकपाले जनअभिमत र जनअपेक्षा बिपरित देशको कालो बजारी, भ्रष्टचारीलाइ बचाउ गर्दै राजनीतिक शक्ति माथि गरेको प्रतिबन्ध दुर्भाग्यपुर्ण रहेको भनेको छ । बिगतको १० बर्षे जनयुद्दको स्मरण गराउदै दमन र धरपकडले आन्दोलनहरु समाप्त नहुने बरु दमन बिरुद्द जनता प्रतिकार गर्ने समेत बताएको छ ।

हेर्नुहोस बिज्ञप्ति यस्तो छ:

१ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको