दाङमा दुई यात्रुबहाक बस ठोक्किँदा ४५ जना घाईते, ८ को अवस्था गम्भीर


फागुन ३, दाङ । दाङको श्रीगाउँमा यात्रुबहाक बससँग एउटा जन्ती बस ठोक्किदा ४५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

शुक्रबार साँझ पौने ४ बजेतिर दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा तुलसीपुरबाट बगाले तर्फ जाँदै गरेको रा १ ख १७७० नम्वरको बस र पश्चिमको खैरेनीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ८ ख १०१७ नम्वरको जन्ती बस एक आपसमा ठोकिदा दुर्घटना भएको हो।

शान्तिनगर गाउँपालिका वडा नं. ५ का बिराट चौधरीको विवहाको १५ दिनपछि माईति पक्षको घर उरहरी आएका र उरहरीबाट सासु शसुरा शान्तिनगर बिराटको घर पु-याएर फर्कने क्रममा दुर्घटना भएको हो ।

चौधरीका सासु, शसुरा चढेको गाडिमा ३५ जना र यात्रु वाहक बसमा करिब १९/२० जति भएको हुन सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए ।

घाईतेहरुमध्ये ३७ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ, भने गम्भीर घाईते भएका ८ जनाको थप उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

२०७५ फाल्गुन ३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको