दाङमा पुग्यो पहिलोपटक सुजुकी बर्गम्यान, स्कुटीमै मोवाईल चार्ज गर्न सकिने


फागुन ३, दाङ । सुजुकी बर्गम्यान १२५ सिसीको स्कुटी दाङमा सार्वजनिक गरिएको छ । एम.एस.अटो घोराहीले उक्त स्कुटी दाङमा पहिलोपटक सार्वजनिक गरेको हो ।

स्कुटीको अग्रभागमा डिस्क ब्रेक, ड्यास बोर्ड, स्कुटर एलईडी हेड लाईट, टेल ल्याम्प, एरो डाईनामिक डिजाईन क्रोम फिनिसिङ, सेन्टर लक मोवाईल चार्ज लगाएतका सेवा जडान गरिएको संचालक माधव योगीले जानकारी दिए ।

बाक्लो र विस्तारित सिटका कारण ढाड तथा कम्मरको समस्या भएका सर्वसाधारणले पनि यसलाई सहजै तरिकाबाट चलाउँन सकिने योगीले बताए । विश्वमा सर्वाधिक अवार्ड प्राप्त गर्न सफल सुजुकीका एउटै छानामा मुनी सेल्स, सर्भिस र स्पेयर्स विक्री वितरण हुने गरेको उनको भनाइ छ । सुजुकी बर्गम्यान स्कुटीको घोराही उप–महानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेले सार्वजनीक गरेका थिए ।

स्कुटी सार्वजनिक गर्दै प्रमुख अतिथी पाण्डेले नयाँ उत्पादन र सुबिधा युक्त मोटर दाङ भित्रिनु दाङको विकासमा सहयोग पुर्याउनु भएको उनले बताए । पाण्डेले दाङसहित साविक राप्ती अंचलका आसपासमा प्रभावकारी सेवा प्रदान गर्न आग्रहसमेत गरेका छन् ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन, दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष बशन्त जोशी, कम्पनीका मार्केटिङ म्यानेजर नवराज कोईरालाको सहभागिता रहेको थियो । कम्पनीका संञ्चालक माधव योगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार नविन अभिलाषीले गरेका थिए ।

२०७५ फाल्गुन ३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको