बझाङमा एक बालकको नहरमा डुवेर मृत्यु


गणेश विक/फागुन ३, बझाङ । बझाङमा एक बालकको नहरमा डुवेर मृत्यु भएको छ ।

बझाङको छवीसपाथीभेर गाँउपालीका घर भई हाल सदरमुकाम चैनपुर नजिकै सिमखेतमा वस्दै आएका जनक मन्डेलका छोरा अढाई वर्षिय सक्षम मन्डेलको नहरमा डुवेर मृत्यु भएको हो ।

शुक्रबार विहान ११ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रहरी नायव निरिक्षक नैनहादुर सावदले जानकारी दिए । मृत्युको कारण भने अहिले सम्म खुल्न नसकेको उनले बताए ।

३ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको